काठमाडौं । एसियन बिस्कुट एण्ड कन्फेक्सनरीद्वारा स्थापित चक्लेट फ्याक्ट्रीले ‘डबल ब्रेक’ नामक नयाँ चकलेट (टफी )नेपाली बजारमा ल्याएको छ। टफी विभिन्न उच्चस्तरीय र परिष्कृत मेसिनहरुको प्रयोग गरी उत्पादन गरिएको कम्पनीलेजानकारी दिएको छ ।
यस डबल ब्रेक टफी, चकलेट र मिल्क फ्लेवरमा उपलव्ध छ। यसको खुद्रा मूल्य केवल दुई रुपैयाँ तोकिएको छ।
साथै सो टफी केही समयमा नै नेपालको सबैभन्दा बढी बिक्री हुने टफी सावित हुने कम्पनीको विश्वास छ। सुनसरीको दुहबीमा स्थापना भएको एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले ४० भन्दा बढी भेराइटीका बिस्कुटहरुका तथा २० भन्दा बढी भेराइटीका चकलेटहरु उत्पादन गर्दै आएको छ।