Logo

यस्ता छन् २०१७ का १० उत्कृष्ट कार, मूल्य सहित

यस्ता छन् २०१७ का १० उत्कृष्ट कार, मूल्य सहित


बिजखबर संवाददाता
0
Shares

एजेन्सि । हालै प्रकाशित ‘कन्जुमर रिपोट’ ले १० उत्कृष्ट कारको सूची सार्वजनिक गरेको छ । अमेरिकामा भएको विक्रीका आधारमा सो सूचि सार्वजनिक गरिएको हो । जसअनुसार यस बर्ष टोयटा प्राय ग्राहकहरुको रोजाइमा परेको देखिन्छ । त्यस्तै सेव्रोलेमा पनि दुई मोडल उत्कृष्ट १० भित्र परेका छन् ।

टोयटा यरिस आइए, माजदाले निर्माण गरेको यस कारले उपभोक्ताको मन जितेको छ । यसको मूल्य १७ हजार ५ सय ७० डलर तोकिएको छ ।, त्यस्तै मूल्य २३ हजार १ सय ४५ डलर, सेव्रोले क्रुजले पनि २०१७ मा उपभोक्ताको मन जितेको छ ।

टोयोटा प्रिअस स्ट्याण्र्ड सेफ्टी फिचरले गर्दा पनि बढी रुचाइएको गाडी हो । यसको मूल्य २७ हजार ३ सय २३ तोकिएको छ । माजदा ५ मियाटालाई ड्राइभिङ प्लेजर’को संज्ञा पनि दिइएको छ । यसमा विश्वकै सवैभन्दा स्तरीय ड्राइभिङ मसिन छ । यसको मूल्य २९ हजार ९ सय डलर पर्छ ।

त्यसैगरी किया अप्टिमा पनि उत्कृष्ट १० गाडीको सूचीमा परेको छ । विशेषगरी फेमिली सेडान किन्ने हरुको रोजाइमा २५ हजार ८ सय ६० डलरको यो गाडी परेको रिपोर्टले देखाएको छ ।
सेव्रोले इमपालाको बजार मूल्य ३९ हजार १ सय डलर तोकिएको छ । यो सपोर्टिभ सिट, रुमी क्याविनलगायतले उपभोक्ताको रोजाइमा परेको छ । सुवरु फरेस्टर पनि गाडीका सौशिनहरुको रोजाइमा परेको छ । यो २७ हजार १ सय ४५ मा खरिद गर्न सकिन्छ ।

टोयोटा हाइलयाण्डर यो सेगमेन्टको सवैभन्दा उत्कृष्ट गाडी हो । यसको मूल्य ४१ हजार १ सय ६९ तोकिएको छ । अडी क्यूसेभेन, पछिल्लो समय सवैभन्दा बढी मन पराइएको इसयुभी हो ।

वल्र्ड क्लासइन्फोटेनमेन्ट प्रविधिमा आधारित यसको मूल्य ६८ हजार ६ सय ९५ पर्छ । होण्डा रिडजेलिन, ३६ हजार ६ सय डलर २०१७ को नयाँ मोडल हो ।

प्रतिक्रिया दिनुहोस्
MBL