Logo

परिसुचक २५ अंकले बढ्दा कारोवार ६१ करोड पुग्यो, बीमा र बैंकका लगानीकर्ताले कमाए

परिसुचक २५ अंकले बढ्दा कारोवार ६१ करोड पुग्यो, बीमा र बैंकका लगानीकर्ताले कमाए


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक २४ दशमलव ९३ अंकले उकालो लागेको छ । बजारमा खुलेदेखि नै बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तत १ हजार ३ सय ५४ अंकभन्दा माथी पुगेर रोखिएको छ ।

बजारमा सबैजसो समुहका परिसुचक उकालो लागेका छन् । जसमा बीमा र बैंकिङ् समुहको परिसुचक सबैभन्दा बढी अंकले बढेको छ । आइतबार बीमा समुहको परिसुचक २ सय २६ अंकले बढ्न पुगेको छ भने बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि २३ अंकभन्दा बढीले उकालो लागेको छ ।

यसैगरी, विकास बैंक समुह २५, होटल समुह ४८, जलविद्युत १७ र उत्पादनमुल समुह २२ अंकले बढ्नु पुगेको छ । तर, अन्य समुहको परिसुचक भने सामान्य ओरालो लागेको छ ।

दिनभर कुल १ सय ४१ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ६१ करोड रुपैयाँ बरावरको ११ लाख ८५ हजार कित्ता सेयर खरिदविक्री भएको छ । जसमा सबैभन्दा बढी ग्लोवल आईएमई बैंकको ८ करोड ४४ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्