Logo

यातायात कार्यालयको राजस्व संकलन ग्लोवल आईएमईबाट, सेवाग्राहीलाई थप सहज

यातायात कार्यालयको राजस्व संकलन ग्लोवल आईएमईबाट, सेवाग्राहीलाई थप सहज


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यातायात व्यवस्था कार्यालय सतुङ्गलको राजस्व संकलन ग्लोवल आईएमई बैंकबाट शुरु भएको छ यातायात व्यवस्था कार्यालय अन्तरगत सतुङ्गलको मोटरसाईकलको राजस्व संकलन कार्य ग्लोवल आईएईले शुरु गरेको हो ।

बैंकले कार्यालय परिसरमा काउण्टर स्थापना गरि राजस्व संकलन शुरुवात गरेको हो । यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजस्व संकलन गरिरहेको छ ।

देशका हरेक क्षेत्र र बर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उदेश्यले अनुरुप बैंकले ९४ शाखा, १०६ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, ११ वटा राजस्व संकलन काउण्टर र ४४ वटा शाखारहित बैंकिङ सेवामार्फत ६ लाख भन्दा वढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL