Logo

साढे १७ अंकले बढ्यो नेप्से, कारोवार ३२ करोडमा सिमित

साढे १७ अंकले बढ्यो नेप्से, कारोवार ३२ करोडमा सिमित


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक १७ दशमलव ५१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय १६ दशमलव ८० अंकमा पुगेर बन्द भएको हो ।

बुधवार  बीमा समुहको परिसुचक सवैभन्दा बढी २ सय १४ दशमलव ७१ अंकले उकालो लागेको छ । त्यस्तै उत्पादन ३०,होटल समुह २६ दशमलव ९८ र सेयर बजारमा बढी प्रभाव रहने बैंकिङ समुहको परिसुचक १३ दशमलव ५२ अंकले बढेको छ ।

त्यसैगरी विकास बैंक,अन्य र फाइनान्स समुह क्रमशः १५ दशमलव ३१,४ दशमलव ६२ र २ दशमलव ७९ अंकले बढेको छ । यता फाइनान्स समुहको परिसुचक भने ० दशमलव ६५ अंकले घटेको छ । बुधवार कुमारी बैंक लिमिटेडको ३ करोड ९४ लाख र नेपाल बंगलादेश बैंकको ३ करोड बराबरको सेयर कारोवार भएको छ ।

सो दिन १ सय ३५ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ६ लाख ५० हजार कित्ता सेयरबाट ३२ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्