Logo

माइक्रोम्याक्सको पी६८१ बजारमा, मूल्य १४ हजार ७ सय

माइक्रोम्याक्सको पी६८१ बजारमा, मूल्य १४ हजार ७ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माइक्रोम्याक्सको पी६८१ नेपाली बजारमा भित्रिएको छ । यो फोन बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट रहेको कम्पनीको दावी छ । यसमा विशेष किसिमको प्रोसेसर छ । जुन १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसरबाट सञ्चालित छ ।

त्यस्तै १६ जिवी रोम,८.० इन्चको एचडी स्प्लिे र ४ हजार एमएएचको व्याट्रि यो फोनका विशेषताहरु हुन् । त्यस्तै यसमा ५ मेगापिक्सलको रियर र २ मेगा पिक्सलको फ्रन्ट क्यामेरा छ ।

यो स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लो ६.० अपरेटिंग सिस्टममा आधारित रहेको छ । त्यसैगरी यो फोनमा १ जिनी र्याम,१६ जिवी रोम,३२ जिवी एक्स्पान्डेवल एसडी कार्डलगायत सुविधा छन् । यस फोनको बजार मूल्य १४ हजार ७ सय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्