Logo

शेर्पा मलमा रिबकको शोरुम, जुत्ता,टिसर्टका साथमा खेल सामग्रीहरु उपलब्ध

शेर्पा मलमा रिबकको शोरुम, जुत्ता,टिसर्टका साथमा खेल सामग्रीहरु उपलब्ध


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । रिवकले दरवारमार्गस्थित शेर्पा मललमा आफ्नो नयाँ शोरुम स्थापना गरेको छ । रिवकको आधिकारिक विक्रेता रुट्स फेसन प्रालीले शेर्पा मलमा शोरुम खोलेको हो ।

सो शोरुमको नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्दघाटन गरे । मंगलवारदेखि सञ्चालनमा आएको शोरुममा जुत्ता,टिसर्ट, ट्रयाकका साथै खेल सामग्रीहरु उपलब्ध हुने छ ।

कम्पनीले विशेषगरी खेलकुदसँग सम्वन्धित व्यक्ति तथा खेलाडीहरुका लागि लक्षित गर्दै शोरुम स्थपना गरेको जानकारी दिएको छ । साथै निकट भविष्यमा न्यूरो र त्रिपुरेश्वरमा पनि आफ्नो सेवा विस्तरको योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्