बिजखबर संवाददाता
३० पुस, काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । मंगलवार प्रतितोला ५२ हजार ५ सयमा किनबेच भएको सुनको मूल्य बुधवार ५२ हजार ३ सयमा झरेर कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबार ५२ हजार २ सय रहेको सुनको मूल्य मंगलवार ३ सयले बढेर ५२ हजार ५ सय पुगेको थियो ।
बुधवार चाँदीको मूल्य भने स्थीर रहेको महासंघले जानकारी दिएको छ । बुधवार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा किनबेच भएको छ ।