Logo

बडी विल्डिङ स्टोरको चौथो शोरुम लाजिम्पाटमा, गुणस्तरीय न्युटिर्सन बिक्री गर्ने प्रतिवद्धता

बडी विल्डिङ स्टोरको चौथो शोरुम लाजिम्पाटमा, गुणस्तरीय न्युटिर्सन बिक्री गर्ने प्रतिवद्धता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बडी विल्डिङ शोरुमले राजधानीको लाजिम्पाटमा चौथो शाखा बिस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन् । शारिरिक सुगठन, खेलाडी तथा व्यायामकर्ताहरुलाई लक्षित गर्दै उक्त शोरुम बिस्तार गरिएको हो । त्यस्तै सामान्य व्यक्तिका लागि पनि आकर्षक शरिर बनाउन स्टोरले सोही अनुसारको न्युटिर्सन बिक्री बितरण गर्नेछ ।

मस्कल टेक र डाइमाटाइज न्यट्रिसन फर नेपाल गरी दुई वटा ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता रहेको बडी विल्डिङ स्टोरले नेपालमा शारिरिक सुगठनमा ध्यान दिदै चौथो शोरुम स्थापना गरेको जानकारी दिएको छ ।

यस अघि सुनधारास्थित सिभिल मल, कमलपोखरी र कौशलटारमा शोरुमका शाखा सञ्चालनमा आईसकेका छन् । स्टोरका सञ्चालक राजकुमार ढकालले स्टोरले आगामी दिनमा अन्य स्थानमा पनि शाखा बिस्तारको योजना रहेको सुनाए ।

शारिरिक सुगठनका लागि खाद्यान्न सन्तुलनका सम्बन्धमा परामर्श समेत दिंदै आएको स्टोरले नेपाल भरी सक्कली न्युटिर्सनका उत्पादन उपलब्ध गराउन पुलको भुमिका खेल्ने लक्ष्य लिएको छ । न्युट्रिसनजन्य उत्पादनको मूल्य अलि महंगो हुने भएकाले नेपाली बजारमा नक्कली उत्पादन सस्तोमा बिक्री बितरण भैरहेको भन्दै स्टोरले आफुले किन्ने उत्पादनमा होलोग्राम जाँचेर सक्कली उत्पादनको प्रयोग गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्