काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ तोलाको १ सयले घटेको छ । आइतवार प्रतितोला ५६ हजार ३ सयमा किनबेच भएको सुन आज घटेर ५६ हजार २ सयमा झरेको हो ।
यता चाँदीको भाउमा भने सोमवार परिवर्तन नआएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ तोलाको ८ सय ३५ तोकिएको छ ।