Logo

आस्वालाई प्रभावकारी बनाउन धितोपत्र बोर्डको निर्देशन, भन्छन, समस्या परे हामीलाई सम्झनु

आस्वालाई प्रभावकारी बनाउन धितोपत्र बोर्डको निर्देशन, भन्छन, समस्या परे हामीलाई सम्झनु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीलाई सहज र सफल रुपमा कार्यान्वयनमा ल्याउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ । हाल आस्वा प्रणालीमा आएका बैंक वित्तीय संस्थाले ग्राहकलाई सहज रुपमा सेवा प्रदान गर्न नसकेपछि बोर्डले उक्त दिर्नेशन दिएको हो ।

हाल सम्म धितोपत्र बोर्डबाट ४१ वटा बैंक तथा वित्तीय संस्थाहरुले आस्वा प्रणाली कार्यान्वयमा ल्याउन स्वीकृति लिएका छन् । कतिपय संस्थाले भर्खरै गरिएको सार्वजनिक निष्काशनमा सहज तरिकाबाट सेवा प्रदान गर्न सकेको नपाइएपछि बोर्डले प्रणालीलाई प्रभावकारी तथा सहज बनाउन सम्बन्धित आस्वा प्रणालीमा सहभागी संस्थालाई निर्देशन दिएको हो ।

बोर्डले सम्बद्ध संस्थाका कर्मचारीलाई शीघ्र आवश्यक तालिम तथा अन्तरक्रिया कार्यक्रम संचालन गरी क्षमता अभिवृद्धि गर्न निर्देशन दिएको छ । साथै आस्वाको कार्यान्वयन सम्बन्धमा कुनै समस्या देखा परेमा बोर्डलाई जानकारी गराउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL