Logo

छैठौं राष्ट्रिय छाला जुत्ता प्रदर्शनी बुधवारदेखि, ५० हजारले अवलोकन गर्ने अनुमान

छैठौं राष्ट्रिय छाला जुत्ता प्रदर्शनी बुधवारदेखि, ५० हजारले अवलोकन गर्ने अनुमान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । छैठौं बृहत राष्टिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला बुधवारदेखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनी १९ गते सम्म चल्ने छ । मेलाको नेपाल छाला जुत्ता उत्पादक संघले आयोजना गर्न लागेको हो ।

नेपाली साना घरेलु तथा लद्यु उद्योेगहरुलाई बैज्ञानिक रुपले आधुनीकरण गर्दै भविष्यमा बिदेशी बजारमा समेत सुपरीचित गराउने उद्देश्यसहित मेलाको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

मेलामा करीब ५० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य लिइएको अध्यक्ष जीवन नेपालीले जानकारी दिए । मेलामा प्रतिष्ठीत ब्रान्डका गुणस्तरीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री बितरण गर्ने ।

पछिल्ला उत्पादन भन्दा नितान्त तथा नयाँ मोडलका आधुनिक छालाजन्य वस्तु प्रर्दशन गर्ने, बिक्रि बितरणमा ६ महिना वारेन्टी तथा १५ देखि २५ सम्म छुट दिने महासचिव बासु नेपालीले जानकारी दिए ।
गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्तालगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीने छ । नेपाल छाला जुत्ता उत्पादक संघमा आबद्ध उद्योगहरुको बिषेश प्रर्दशनी कक्षको पनि ब्यबस्था गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL