Logo

साङयोङको कोराण्डो र रेक्सटोन आउँदै, आईएमएस मोटर्सले दियो प्राविधिकलाई प्रशिक्षण

साङयोङको कोराण्डो र रेक्सटोन आउँदै, आईएमएस मोटर्सले दियो प्राविधिकलाई प्रशिक्षण


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आईएमएस मोटर्सले टेक्निसियन तथा सर्भिस इन्जिनियरहरुलाई प्रशिक्षण दिएको छ । कोरियाली मोटर निर्माता कम्पनी साङयङको नेपाल स्थित आधिकारीक विक्रेता आईएमएस मोटर्सले कोरियाबाटै प्रशिक्षक ल्याएर तालिम प्रदान गरेको हो । कोरियाबाट प्रशिक्षक च्याङ हुनच्याङलाई ल्याएर टेक्निसियनलाई तालिम प्रदान गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले फेब्रुअरी ६ देखि १० सम्म उक्त तालिम संचालन गरेको थियो । तालिममा साङयङ कारहरुमा देखिन सक्ने समस्याहरु हलगर्न, ट्रबलशुट, नयाँ टेक्नोलोजी डायग्नोसिस तथा समाधानका प्रक्रिया जस्ता विषयमा प्रशिक्षण दिएको थियो । प्रशिक्षणले साङयङ गाडिहरुमा हुने निरन्तर इन्नोभेसन तथा टेक्नोलोजिकल विस्तारसँग अपडेट रहन मद्दत पुर्याउने कम्पनीको दावी छ । ट्रेनिङको अन्त्यमा कम्पनीको टेक्निकल टिमको परिक्षा समेत लिएर सोको आधारमा प्रमाणपत्र प्रदान गरेको थियो ।

कम्पनीले २०१७ को मार्च र सेप्टेम्बरको अन्त्यमा साङयोङको कोराण्डो तथा रेक्सटोन गाडी नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । आफ्ना ग्राहकहरुलाई नयाँ नयाँ मोडलको गाडीहरु उपलब्ध गराउने उद्देश्य अनुरुप नयाँ गाडी सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL