Logo

ललितपुरमा एक्सीएमजीको शोरुम, सवैखाले हेभि इक्विपमेन्ट पाईने

ललितपुरमा एक्सीएमजीको शोरुम, सवैखाले हेभि इक्विपमेन्ट पाईने


बिजखबर संवाददाता
27
Shares

लालितपुरको भनिमण्डलमा एक्सीएम ब्राण्डको हेभि इक्विपमेन्टको आधिकारिक शोरुम स्थापना भएको छ । नेपालका लागि एक्सीएमजीको आधिकारिक विक्रेता आईडिएमसी प्रालिले एक्सीएमजीको एक्स्क्लुसिभ शोरुम सञ्चालनमा ल्याएको हो ।

आईतवार आयोजित कार्यक्रमबीच आईडिएमसी प्रालिका अध्यक्ष प्रविण ढुङ्गाना र जुझाउ कन्सट्रक्सन मेसिनरी ग्रुप कं. लि (एक्सीएमजी), चिनका सह अध्यक्ष एवं महाप्रबन्धक डा. ज्याङसेन लिउले संयुक्त रुपमा शोरुमको उद्घाटन गरे । जुझाउ कन्सट्रक्सन मेसिनरी ग्रुप कं. लि. को स्थापना सन् १९८९ मित्रराष्ट्र चिनमा भएको हो ।

equip-1

बिश्वको हेवी ईक्वीपमेन्ट बजारमा अत्याधिक माग रहेको ५ ब्राण्डहरु मध्ये एक्सीएमजी ब्राण्ड पनि प्रमुख एक हो । एक्सीएमजी चिनमा सबैभन्दा धेरै बिक्री हुने हेभि इक्विपमेन्टमा पर्छ । बिक्री पछिको सेवाका लागि कम्पनिले भक्तपुरको सानोठिमी स्थीत आप्mनै मर्मत संभारकेन्द्रको स्थापना समेत गरि सकेको जनाइएको छ । उक्त सेवा केन्द्रबाट कम्पनीले चाईनीज बिषेशज्ञ ईन्जिनियर समेत उपलब्ध गराई सेवा प्रदान गर्दै आएको आईडीएमसी प्रा.लि.का प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीले जानकारी दिए ।

शोरुमको स्थापन संगै एक्सीएमजीको रोड रोलर, सोयल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याकहो लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, क्वाइलर क्रेन, डिजेलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेन समेत आईडिएमसीले नेपाली बजारमा उपलब्ध गराउने भएको छ । मुलुकको हेवी ईक्वीपमेन्ट बजारमा आईडिएमसी प्रा.लि. ले छोटो समयमा नै अग्रणी स्थान ओगट्न सफल कम्पनीको रुपमा आफुलाई स्थापीत गरिसकेकोे कम्पनीको दाबी छ ।

एक्सीएमजीले २००० टन क्षमताको अल टेरिन क्रेन ५००० टन सम्म क्षमताका क्राउलर क्रेन, चीनमा सबैभन्दा बढी क्षमताको १२ टनको लोडर मेसिन, १०० मीटर माथि आकाशमा पनि आगो निभाउन सक्ने मेसिन र चौथो पुस्ताको सडक निर्माण मेसिन औजार सम्म बनाउन सफल भएको छ । यसले विश्व मेसिन औजारको बजारमा ठूलो स्थान ओगटेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्