Logo

थ्रीजी साटेर फोरजी फोन लाने भोली अन्तिम दिन, भ्यालेन्टाइन डेमा ७० प्रतिशतसम्म छुट

थ्रीजी साटेर फोरजी फोन लाने भोली अन्तिम दिन, भ्यालेन्टाइन डेमा ७० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडैं । ललितपुर मोबाइल कम्प्लेक्सले फेब्रुअर १४ तारिख अर्थात भ्यालेन्टाइन डेको अवसर पारेर थ्रीजी साटेर फोरजी फोन किन्ने अन्तिम अवसर योजना ल्याएको छ । कम्प्लेक्सले भ्यालेन्टाइन डेको अवसरमा एक आपसमा प्रेम दर्शाउने तथा आफ्ना प्रेमी प्रेमीकाहरुलाई स्मार्टफोन उपहार दिने अवसरको रुपमा यो अफर ल्याएको हो ।

यो अन्तिम दिनको अन्तिम अफरमा फोरजी प्रबिधिलाई बढावा दिँदै फोरजी स्मार्टफोनहरु विशेष मुल्यमा बिक्री गर्नेछ । यो अफरमा आफुसँग भएको पुरानो थ्रीजी फोनको अधिकतम भ्यालूएसन गर्दै ब्राण्डेड फोरजी फोन लान सकिने कम्पनीले जानकारी दिएको छ । यसको लागि कम्प्लेक्समा तालिम प्राप्त दक्ष भ्यालुएटरले फोनको भ्यालूएसन गर्नेछन् ।

ललितपुर मोबाइल कम्प्लेक्समा यूगल जोडिहरुलेसँगै आएर फोन किन्दा विशेष रुपमा ५ देखि ७० प्रतिशत सम्मको छुटका साथमा विभिन्न किसिमका उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
भ्यालेन्टाइन डे भनेको एक आपसमा माया साटासाट गर्ने दिन भएको हुँदा ग्राहकहरुका लागि यो अफर ल्याएको कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए । ‘एक आपसमा मायालुलाई उपहार दिनका लागि स्मार्टफोनहरु उत्कृष्ट उपहार हुन्,’ उनले भने, ‘हाम्रो कम्प्लेक्समा आफुले चाहेजस्तो ब्राण्ड र मोडलका फोनहरु किनेर मायालुलाई सरप्राइज दिनुहोस् ।’

मोबाइल कम्प्लेक्समा ह्वावे जीआर५ २०१७ मा फोरजी बिक्रीका लागि राखिएको छ । यो हाल बजारमा आएको सबैभन्दा पछिल्लो चर्चित स्मार्टफोन हो, जसमा २ वटा रियर क्यामरा राखिएको छ । यो मिडरेन्जमा दुईवटा मुख्य क्यामरासहित आएको पहिलो स्मार्टफोन हो ।

यसैगरी सामसुङको ग्यालेक्सी जे सेभेन प्राइम, जिओनीको एस सिक्स एस, जोप्पोको कलर एफ ५ तथा लिएगो ब्राण्डको एमएस प्लस एलटिई स्मार्टफोनहरु खरिद गर्न सकिनेछ । यी बाहेक अन्य ब्राण्डका स्मार्टफोनहरु एचटिसीको डिजायर सिरिज, जेडटिईको ब्लेड सेभेन, माइक्रोम्याक्सको क्यानभास सिक्स, ओप्पोको एफ वान एस, लाभाका बिभिन्न मोडलहरु तथा वान प्लस थ्री स्मार्टफोनमा पनि फोरजी प्रयोग गर्न सकिन्छ ।
भ्यालेन्टाइन डेको अवसरमा विभिन्न मोबाइल कम्पनीहरुले दिने उपहार योजनामा पनि सहभागी हुन सकिने संयोजक बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL