Logo

पशुपति पेन्ट्सद्वारा बेगनास ताल डुङ्गा व्यवसाय समितीलाई सहयोग,१५० थान लाइफ ज्याकेट हस्तान्तरण

पशुपति पेन्ट्सद्वारा बेगनास ताल डुङ्गा व्यवसाय समितीलाई सहयोग,१५० थान लाइफ ज्याकेट हस्तान्तरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौ ।पशुपति पेन्ट्स प्रालिले बेगनास ताल डुङ्गा व्यवसाय समितीलाई १ सय ५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ । पशुपति पेन्ट्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत समितीलाई सो ज्याकेट उपलब्ध गराएको हो ।

विगत लामो समयदेखि पशुपति पेन्ट्सले समय समयमा विभिन्न समयमा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता क्रियाकलापहरु गर्ने गरेको छ ।

यही कर्पोरेट सामाजिक उत्तरदायित्वको क्रममा कम्पनीले १ सय ५० थान लाइफ ज्याकेट सहयोग स्वरुप हस्तान्तरण गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL