Logo

साढे ४३ अंकले ओरालो लाग्यो नेप्से, ४९ करोड ४१ लाखको कारोवार

साढे ४३ अंकले ओरालो लाग्यो नेप्से, ४९ करोड ४१ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवार नेप्से परिसुचक ४३ दशमलव ७३ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार २ सय ५२ दशमलव ५० अंकमा झरेर बन्द भएको छ । आइतवार केही समय उच्च रुपले घटेको नेप्से ३९ अंकले घटेपछि सर्किट व्रेक लागेको थियो ।

सो दिन कारोवारमा आएकामध्ये होटल समुह बाहे अन्य सवै समुह ओरालो लागेका छन् । आइतवार वीमा समुह सवैभन्दा बढी ३ सय ४६ दशमलव १४ अंकले घटेको छ । त्यस्तै जलविद्युत ६२ दशमलव ८४ र बैंकिङ समुहको परिसुचक ४५ दशमलव ४५ अंकले घटेको छ । सो दिन विकास बैंक ३१, फाइनान्स १२ दशमलव ४६ र अन्य समुह ६ अंकले ओरालो लागेको छ ।

यता होटल समुहको परिसुचक भने १५ दशमलव ४ अंकले उकालो लागेको छ ।
आइतवार प्रभु बैंकको सवैभन्दा बढी २ करोड ५४ लाखको कारोवार भएको छ । सो दिन १ सय ३२ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १३ लाख कित्ता सेयरबाट ४९ करोड ४१ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्