काठमाडौं । कैलाश विकास बैंकले ५ बरावर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले फागुन ६ देखि एक सय रुपैयाँ मूल्यको ३१ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर ग्लोबल आईएमई क्यापिटलबाट आवेदन फारम बुझाउन सकिनेछ । पुस १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउनेछन् । कम्पनीका अनुसार यो हकप्रद चैत्र १० गते सम्म भर्न पाइनेछ ।
बैंकले ग्लोबल आईएमई क्यापिटलका साथै आफ्नो शाखा कार्यलयबाट पनि आवेदन बुझाउन सकिने बताएको छ ।