Logo

सवै समुह ओरालो लाग्दा साढे २६ अंकले घट्यो नेप्से, ५७ करोड ६० लाखको कारोवार

सवै समुह ओरालो लाग्दा साढे २६ अंकले घट्यो नेप्से, ५७ करोड ६० लाखको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक २६ दशमलव ७५ अंकले ओरालो लागेको छ । सो दिन सेयरबाटर १२ सय ९६ दशमलव २३ अंकमा झरेर बन्द भएको हो । विहीवार कारोवारमा आएका सवै समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी २ सय २४ दशमलव १८ अंकले ओरालो लागेको छ । त्यस्तै जलविद्युत ३६ दशमलव ६३,बैंकिङ २६ दशमलव ८४,विकास बैंक १९ दशमलव ३८,होटल १३, फाइनान्स समुह ७ र अन्य समुहको परिसुचक ३ दशमलव ४७ अंकले घटेको छ ।

बिहीवार १ सय ३४ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १ करोड ५४ लाख कित्ता सेयरबाट ५७ करोड ६० लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्