Logo

कृषि विकासको साढे १९ लाख कित्ता सेयर लिलामीमा, फागुन १३ सम्म खरिद गर्न सकिने

कृषि विकासको साढे १९ लाख कित्ता सेयर लिलामीमा, फागुन १३ सम्म खरिद गर्न सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कृषि विकास बैंकले आजबाट १९ लाख ६८ हजार कित्ता साधारण सेयर लिलामीमा राखेको छ । बैंकले हकप्रद जारी गर्दा नबिकेको सेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो ।

बैंकले फागुन १२ गतेसम्मको समयसीमा दिएर सेयर लिलामीमा राखेको हो । उक्त सेयर बोलकबोल न्युनतम १ सय कित्तादेखि बढिमा १० हजार कित्तासम्म गर्न खरिद गर्न सक्नेछन् । सेयर खरिदका लागि विक्री प्रबन्धक एस क्यापिटलमार्फत आवेदन दिनुपर्नेछ ।

बैंकले गत कात्तिकमा १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो । सोमध्ये आवेदन नपरेको १९ लाख ६८ हजार ५ सय ७५ कित्ता सेयर लिलामी गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्