Logo

एनआइसी एसियालाई धितोपत्र बोर्डले सोध्यो स्पष्टीकरण, कुन कानुन अन्तरगत रहेर लिलाम हुँदैछ सेयर ?

एनआइसी एसियालाई धितोपत्र बोर्डले सोध्यो स्पष्टीकरण, कुन कानुन अन्तरगत रहेर लिलाम हुँदैछ सेयर ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआइसी एसिया बैंकले विभिन्न म्युचुअल फण्डमा रहेको सेयर लिलामीमा निकालेको विषयलाई लिएर नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ । बैंकले  के कसरी सेयर लिलामी गर्न लागेको हो सो विषयमा स्पष्टीकरण सोधिएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘बैंकले म्युचुअल फण्डको सेयर दोस्रो बजारमार्फत विक्री गर्नुपर्नेमा लिलामीमा निकालेको छ,’ उनले भने, ‘म्युचुअल फण्डको सेयर कुन कानुन अन्तरगत रहेर लिलामीमा निकालिएको हो सो विषयमा स्पष्टीकरण सोधेका हौं ।’

बैंकले आफुसँग रहेको ८ म्युचुअल फण्ड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको संस्थापक सेयर विक्रीका लागि लिलामीमा राखेको थियो । इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा विक्री गर्न मिलेपनि म्युचुअल फण्डमा रहेको इकाइहरु त्यसरी बेच्न नमिल्ने बोर्डको तर्क छ ।

बैंकले लक्ष्मी भ्यालु फण्ड १ को २ लाख ४३ हजार ५१ ईकाई, एनाआईबीएल सम्बृद्धि फण्ड १ को ५८ लाख ४६ हजार ८ सय १०, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को ३५ लाख २० हजार ६ सय १९, सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ १ को २ लाख ४८ हजार २ सय, सिद्धार्थ ईक्विटी ओरेन्टेड स्किमको ५६ लाख ७५ हजार ६ सय ७, ग्लोबल आईएमई समुन्नत स्किम १ को ३७ लाख ६७ हजार २ सय ६८, एनएमबी हाईब्रिड फण्ड १ को १२ लाख ६१ हजार ९ सय १ र नबिल ईक्विटिी फण्डको ८ लाख ६८ हजार ४ ईकाई लिलामीमा निकालेको थियो । यसैगरी नेशनल लाइफको पनि ६५ हजार कित्ता सेयर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL