Logo

अधिकांश समुह ओरालो लाग्दा ४ अंकले घट्यो सेयर बजार, ३२ करोडको कारोवार

अधिकांश समुह ओरालो लाग्दा ४ अंकले घट्यो सेयर बजार, ३२ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक ४ दशमलव २४ अंकले ओरालो लागेको छ । सो दिन सेयरबजार १ हजार ३ सय ४४ दशमलव ९० अंकमा झरेर बन्द भएको हो ।

मंगलवार कारोवारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन होटल समुहको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ७, वीमा समुह २३ दशमलव ५६, जलविद्युत ६ दशमलव २१ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ५ दशमलव १५ अंकले घटेको छ ।

त्यस्तै सो दिन विकास बैंक ३ दशमलव २६ अंकले ओरालो लागेको छ । यता अन्य र फाइनान्स समुहको परिसुचक भने ३ दशमलव १८ र ० दशमलव ३७ अंकले उकालो लागेको छ । मंगलवार १ सय ३२ ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ११ लाख ८५ हजार कित्ता सेयरबाट ३१ करोड  ९८ लाखको कारोवार भएको  छ ।

प्रतिक्रिया दिनुहोस्