Logo

कतार एयरलाइन्सले राख्यो सवैभन्दा लामो उडानको किर्तीमानी, कतारबाट अकल्यान्डमा उडान

कतार एयरलाइन्सले राख्यो सवैभन्दा लामो उडानको किर्तीमानी, कतारबाट अकल्यान्डमा उडान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कतार एयरलाइन्सले सोमवार विश्वकै सवैभन्दा लामो दूरीको व्यवसायीक उडान सम्पन्न गरेको छ । लामो दूरीको व्यावसायिक उडानका लागि छुटेको कतार एयरलाइन्सको विमान निर्धारित तालिका अनुसार सोमबार न्युजिल्यान्डको अकल्यान्डमा अवतरण भएको हो । कतार एयरलाइन्सले एक प्रेस विज्ञप्ति जारी गरि यस्तो जानकारी दिएको हो ।
कतार एयरलाइन्स कम्पनीको क्यूआर ९२० नम्बरको विमानले १४ हजार ५ यस ३५ किलोमिटरको निर्धारित दूरी समय तालिकाभन्दा केही मिनेट पहिल्यै पूरा गरेको छ । उक्त उडानको समय साढे १७ घण्टा तय गरिएको थियो।

यससँगै कतारको राजधानी दोहाबाट अकल्यान्डका लागि उडेको उक्त विमानले यसअघि दुबईको इमिरेट्स विमान कम्पनीले दुबईबाट अकल्यान्डसम्मको दूरी पार गरी विश्वको सबैभन्दा लामो उडानमा राखेको कीर्तिमानलाई पछाडि पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL