Logo

साढे १५ अंकले ओरालो लाग्यो नेप्से, २३ करोड ६१ लाखमा खुम्चियो कारोवार

साढे १५ अंकले ओरालो लाग्यो नेप्से, २३ करोड ६१ लाखमा खुम्चियो कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक १५ दशमलव ६६ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ४८ दशमलव ८४ अंकमा झरेर बन्द भएको हो ।

सोमवार कारोवारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन वीमा समुहको परिसुचक सवैभन्दा धेरै १ सय २४ दशमलव ३, होटल समुह ४८ दशमलव ९४ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुह १५ दशमलव ९६ अंकले ओरालो लागेको छ ।

त्यस्तै विकास बैंक १४ दशमलव १३, फाइनान्स ९ दशमलव १२ र जलविद्युत ४ दशमलव ६६ अंकले घटेको छ । यता अन्य समुहको परिसुचक भने १ दशमलव ७४ अंकले उकालो लागेको छ । सोमवार १ सय ३४ कम्पनीको ६ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ । जसबाट २३ करोड ६१ लाखको कारोवार भएको छ ।

सोमवार प्रभु बैंक,डिप्रोस्ट डेभलपमेन्ट बैंक र नेपाल बंगलादेश बैंकको मात्र १ करोड माथिको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्