Logo

सेयर बजारको देशव्यापी जनचेतना फैलाउँदै बोर्ड, एनआरएनको लगानी भित्र्याउने प्रक्रिया अघि बढ्यो

सेयर बजारको देशव्यापी जनचेतना फैलाउँदै बोर्ड, एनआरएनको लगानी भित्र्याउने प्रक्रिया अघि बढ्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा विस्तार गर्ने क्रममा जनचेतना अभियानलाई द्रुत गतिमा अघि बढाएको छ । सो सम्बनधी जनचेतनालाई देशव्यापी लैजान क्रममा बोर्ड मध्यमश्चिमाञ्चलमा पुगेको हो ।

बोर्डले २०७२ माघदेखि सम्पूर्ण सूचिकृत कम्पनीहरुको अभौतिकृत धितोपत्रको मात्र कारोवार हुने गरी पूर्ण स्वचालित सेवाको व्यवस्था, २०७३ माघबाट सार्वजनिक निष्काशनमा डिम्याट खाता अनिवार्य गरिएको तथा आस्वा प्रणाली समेत लागू गरिएकोले सो सम्बन्धमा जनस्तरमा जानकारी दिन बोर्डले सो अभियान चलाएको हो ।

बार्डले भर्खरै मात्र दाङ, सल्यान र रुकुमका जिल्ला उद्योग वाणिज्य संघको सहकार्य तथा विभिन्न कलेजको संयोजनमा पूँजी बजार सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा विभिन्न कलेजमा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विभिन्न जिल्लामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले काठमाडौं केन्द्रित रहेको पूँजी बजारलाई देशव्यापी वनाउने क्रममा जनचेतना बढाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताए । ‘प्राथमिक बजारमा धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीदगर्न सक्ने व्यवस्था गर्न यही माघ १ गते देखि आस्वा प्रणाली लागू गरिएको छ,’ उनले भने, ‘सो प्रणालीले गर्दा देशका ७३ जिल्लामा रहेका विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुका २ हजार भन्दा बढी शाखामार्फत आवेदन गर्न सकिने भएको छ ।’

सो व्यवस्थासँगै धितोपत्रको प्राथमिक बजार विस्तार भएको र दोश्रो बजार सेवालाई क्रमशः देशव्यापी बनाउन धितोपत्र दलालको शाखालाई काठमाडौं बाहिर विस्तार गर्न लागिएको जानकारी दिए । त्यसै गरी बोर्डले धितोपत्रको दोस्रो बजारमा गैर आवसासीय नेपालीलाई समते सहभागी गराउन आवश्यक कार्यविधि तयार भइरहेको बताए । सो कार्यान्वयन पश्चात धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई नेपाली अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL