Logo

सक्षमद्धारा जनता बैंकलाई सहयोग, कैलालीमा ५ शाखारहित बैंकिङ सेवा

सक्षमद्धारा जनता बैंकलाई सहयोग, कैलालीमा ५ शाखारहित बैंकिङ सेवा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । जनता बैंक नेपालले कैलाली जिल्लाको ५ गाविसमा आफ्नो शाखा रहित बैंकिङ सेवा सुभारम्भ गरेको छ । बैंकले सक्षमः एक्सेस टु फाइनान्सको सहयोगमा कैलालीको चाउमला, पहलमानपुर, राजीपुर, मसुरिया तथा हसुलिया गाविसमा ५ शाखा रहित बैंकिङ सेवा विन्दुहरूको शुरु गरेको हो ।

उक्त कार्यक्रमको नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक विश्रुत थापाले उद्घाटन गरे । यी थप विन्दुहरूको साथ सञ्चालनमा रहेका जनता बैंककाशाखा रहित सेवा विन्दुहरूको संख्या १८ पुगेको छ । सो अवसरमा बैंक तथा वित्तीय संस्थाले सक्षमले प्रदान गरिरहेको लागतमा तथा प्राविधिक साझेदारीले नेपालको ग्रामीण भेगसम्म वित्तीय सेवालाई विस्तार गर्ने राष्ट्र बैंकको प्रतिवद्धतालाई पूरा गर्न सहयोग गरेको बताए ।

यूकेएड सक्षमका कार्यक्रम सहायता प्रबन्धक प्रशन्न केसीले नेपालका अत्यन्त दुर्गम भेगमा वित्तीय पहुँच सुधार्नको लागि साझेदारलाई र आफैंलाई नयाँ चुनौतीहरू दिने बताए । ‘यो चुनौती स्वीकारेकोमा प्रभु बैंक प्रति हामी गौरवान्वित छौं ’ उनले भने ‘ यस शाखा तथा शाखारहित बैंकिङ सेवा विन्दुहरूले प्रदान गरेका सेवाहरूले नवीनतम वित्तीय सेवाहरूमा पहुँच मार्फत स्थानीयहरूलाई आफ्नो जीविकोपार्जनमा सुधार ल्याउन मद्दत गर्नेछ भन्ने कुरामा विश्वस्त छौं ।’

सक्षम यूके एडको सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो । यसलाई नेपालमा डिएफआइडी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्