Logo

खस्किन थाल्यो कारोवार, परिसुचक १८ अंकले घट्दा २६ करोडमा खुम्चियो बजार

खस्किन थाल्यो कारोवार, परिसुचक १८ अंकले घट्दा २६ करोडमा खुम्चियो बजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो २ हप्ता दैनिक ५० करोड रुपैयाँभन्दा माथी पुगेको सेयर कारोवार यो हप्ताको शुरुमै खुम्चन पुगेको छ । बजारमा दिनभर उत्तरचढाव हुँदा आइतबार २६ करोड १४ लाख रुपैयाँ बरावरको सेयर मात्र खरिदविक्री भएको छ ।

बजारमा उच्च रुपमा उत्तरचढाव हुँदा अन्तत नेप्से परिसुचक १७ दशमलव ९५ अंकले ओरालो लागेको छ । बजार खुलेको आधा घण्टामा परिसुचक झण्डै ३० अंकले ओरालो लागेको थियो । त्यसयता सामान्य लय समातेको नेप्से अन्तमा १८ अंकले घटेको हो ।

आइतबार होटल बाहेक सवै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय २६ अंकले घटेको छ । त्यसैगरी बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक २० दशमलव ७२ अंकले ओरालो लागेको छ । विकास बैंक, फाइनान्स, जलविद्युतलगायतका समुह भने सामान्य मात्र घटेका छन् ।

दिनभर कुल १ सय २२ कम्पनीको ६ लाख ३३ हजार कित्ता सेयर खरिदविक्री भएको छ । आइबार बढी कारोवार हुने कम्पनीको पहिलो स्थानमा डिप्रोक्स डेभलपमेन्ट बैंक रहेको छ । डिप्रोक्सको ३ करोड २९ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । आइतबार ४ कम्पनीको मात्र १ करोड रुपैयाँभन्दा माथिको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्