Logo

सेयर किनवेचमा नयाँ व्यवस्था, आइतबारदेखि १ कित्ता सेयरको पनि कारोवार

सेयर किनवेचमा नयाँ व्यवस्था, आइतबारदेखि १ कित्ता सेयरको पनि कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले आइतबादेखि १ कित्ता सेयरको पनि किनवेच गर्न सकिने व्यवस्था लागू गरेको छ । यस अघि १० कित्ताभन्दा बढीको कारोवार हूँदै आएकोमा त्यसलाई परिमार्जन गर्दै नयाँ व्यवस्था लागू गरिएको नेप्सेले जानकारी दिएको छ ।

धितोपत्रको दोस्रो बजारमा हुने कारोवारलाई सहज बनाउनका लागि १० कित्ताभन्दा कम पनि किनवेच हुने व्यवस्था गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । साथै, नियमति समयमा हुने ‘अड लट’ कारोवारले बजार मूल्य सीमा तथा परिसुचकमा असर नगर्ने व्यवस्था समेत मिलाईएको छ ।

नेप्सेले ल्याएको नयाँ व्यवस्थाले लगानीकर्ताहरु लाभान्वित भई बजार अझ सहज रुपमा अघि बढ्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL