Logo

सवै समुह उकालो लाग्दा ६३ अंकले बढ्यो नेप्से, ६० करोड ६७ लाखको कारोवार

सवै समुह उकालो लाग्दा ६३ अंकले बढ्यो नेप्से, ६० करोड ६७ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ६३ दशमलव २३ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ८९ दशमलव ८३ अंकमा पुगेर बन्द भएको हो ।

आइतवार कारोवारमा आएका सवै समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमासमुहको परिसुचक सवैभन्दा बढी ३ सय ७५ अंकले बढेको छ । त्यस्तै जलविद्युत ८० दशमलव ८९ अंक र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुह ६४ अंकले उकालो लागेको छ ।

त्यसैगरी विकास बैंक ५६, होटल ४४ दशमलव ५१,अन्य २५ दशमलव ४५ र फाइनानस समुह १९ दशमलव ४१ अंकले उकालो लागेको छ । बुधवार सिद्धार्थ बैंकको सवैभन्दा बढी ८ करोड २२ लाखको कारोवार भएको छ ।

सो दिन १ सय ३७ कम्पनी कारोवारमा आएका थिए । बुधवार १८ लाख कित्ता सेयरबाट ६० करोड ६७ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL