Logo

तोलाको ५५ हजार १ सय पुग्यो सुनको भाउ, चाँदीमा पनि सामान्य बृद्धि

तोलाको ५५ हजार १ सय पुग्यो सुनको भाउ, चाँदीमा पनि सामान्य बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन प्रतितोला २ सयले बढी ५५ हजार १ सयमा कारोवार भएको हो । मंगलवार सुन ५४ हजार ९ सयमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधवार चाँदी तोलाको ८ सय १० मा किनबेच भएको छ ।

मंगलवार चाँदी तोलाको ८ सय तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL