Logo

बैंकिङ समुह बढ्दा नेप्सेले जगायो आशा, १७ अंकले बढ्दा ५३ करोडको कारोवार

बैंकिङ समुह बढ्दा नेप्सेले जगायो आशा, १७ अंकले बढ्दा ५३ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमबार ६५ अंकले ओरालो लागेको नेप्से परिसुचकले मंलबार समान्य लय समातोको छ । दिनभर उत्तरचढाव भएको नेप्से परिसुचक अन्तत १६ दशमलव ९० अंकले बढ्न पुगेको हो ।

बजारमा बैंक र होटल समुहको परिसुचक बढेसँगै समग्र नेप्से परिसुचक बढ्न पुगेको छ । दिनभर उत्तरचढाव हुँदा अन्य र बीमा समुहको परिसुचक वाहेक अन्य सबै उकालो लागेका छन् । जसमा होटल समुह सबैभन्दा बढी १ सय ९ अंकले बढेको छ । यसैगरी बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि साढे २५ अंकले उकालो लागेको छ ।

दिनभर कुल १ सय ३७ कम्पनीको सेयर कारोवार भएका छन् । ती कम्पनीको कुल ५२ करोड ८५ लाख रुपैयाँ बरावरका १६ लाख ४९ हजार कित्ता सेयर खरिदविक्री भएका छन् । बजारमा सबैभन्दा बढी ग्रामीण विकास बैंकको ३ करोड ६८ लाख रुपैयाँ बरावरको संस्थापक सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्