Logo

एप्पल वल्र्डको एक्सचेन्ज धमाका रिटर्न योजना, युएमआइ मोबाइल किन्दा अर्को सित्तैमा

एप्पल वल्र्डको एक्सचेन्ज धमाका रिटर्न योजना, युएमआइ मोबाइल किन्दा अर्को सित्तैमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एप्पल वल्र्ड मोबाइल प्रालिले एक्सचेन्ज धमाका रिटर्न अफर ल्याएको छ । एप्पल वल्र्डले ग्राहकको अनुरोधमा सो अफर पुनः सञ्चालन गरेको हो । माघ १८ गतेदेखि लागु गरिने सो योजना फागुन १० गते सम्म चल्ने छ ।

एक्सचेन्ज अफरको अवधीमा १ हजारभन्दा बढी मोबाइल एक्सचेन्ज हुने अनुमान कम्पनीको छ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलले अन्य बजारको भन्दा सस्तो मुल्यमा मोबाइलको कारोबार गरिरहेको छ ।

६० मिनेटमै मोबाइल मर्मतको सुविधा दिइरहेको एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टायन डेसम्मका लागि जुनसुकै पुरानो मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरीद गर्ने मौका प्रदान गरेको छ ।

यसैगरी एलजीको एल ६० मोबाइल किन्दा अर्को त्यही मोबाइल निःशुल्क दिने अफर पनि ल्याएको छ । त्यस्तै युएमआई ४ जिबी ¥याम र ६४ जिबी स्टोरेज रहेको सुपर मोबाइलको खरिदमा युएमआइकै लण्डन मोबाइल सित्तैमा दिने भएको छ । भ्यालेनटाइन डे नजिकिदै गर्दा आफ्ना प्रेमी प्रेमिकालाई उपहार स्वरुप प्रदान गर्न युएमआइ मोबाइल खरिद गर्न पनि एप्पल वल्र्डले आग्रह गरेको छ । जुनसुकै मोबाइलमा पनि विशेष छुट तथा मोबाइल मर्मतमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

दशैं र तिहारको समयमा मोबाइल खरिद गर्ने मध्ये एक जना बम्पर प्राइज बिजेता जनकले पाएका छन् । उनलाई सोमबार नै फसिनो स्कुटर प्रदान गरिएको छ । यसैगरी सामसुङको ४६ इन्च टिभी बेनु प्रसाइले पाइन भने हुवावेको पि ९ मोबाइल कुमार चन्दले पाए ।

यसैगरी खगनाथ नेपाल, प्रमोद न्यौपाने, गंगा कार्की, जनार्दन गौतम, विद्या लामा, पुष्पराज भट्ट, सुन्दर मल्ल, विवेक राई, मदन गिरी, देवेन्द्र डंगोल, विपिन कँडेल, सुजाता संयुक्ताले विभिन्न कम्पनीका मोबाइल तथा अन्य पुरस्कार प्राप्त गरेका छन् । बिजेताहरुलाई मिस नेपाल अस्मी श्रेष्ठ, नेपाली सिने क्षेत्रका कलाकार निरजन थापा, दिपक घिमिरे, फूटबलर अन्जन केसी लगायतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL