Logo

सिजी इलेक्ट्रोनिक्स ११औं बर्षमा, ६५ इन्चको एलइडी टिभी सार्वजनिक

सिजी इलेक्ट्रोनिक्स ११औं बर्षमा, ६५ इन्चको एलइडी टिभी सार्वजनिक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिजी इलेक्ट्रोनिक्स आफ्नो स्थपनाको ११ औ बर्षमा प्रवेश गरेको छ । आफ्नो बार्षिकोत्सवको अवसरमा सिजीले एलइडी टिभी सेगमेन्टमा ६५ इन्चको अल्ट्रा हाई डेफिनिशन ९एचडी० टिभी बजारमा ल्याएको छ ।

चौधरी समूहका अध्यक्ष विनोद चौधरीले सिजी ब्राण्डको नयाँ टेलिभिजन लन्च गरेका थिए । देशभरका तीनसय भन्दा बढी डिलरहरुको राष्ट्रिय भेला गरी सो टिभी सार्वजनिक गरिएको थियो । कार्यक्रममा सिजी ब्राण्डको फोरजी नेटवर्कमा आधारित स्मार्ट फोन पनि लन्च गरिएको थियो ।
कार्यक्रममा सिजी ब्राण्डले नयाँ ट्रली स्पिकर र हार्ड टक डोर फ्रिजर पनि चाँडै बजारमा ल्याउने घोषणा गरेको छ । सिजीको अहिलेसम्म २३ किसिमका विभिन्न उत्पादनहरु बजारमा छन् ।

सिजीले टिभी, विभिन्न घरायसी सामाग्री, विद्युतीय उपकरण र मनोरञ्जनका वस्तुहरु उत्पादन तथा खरिद बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्