काठमाडौं । देउराली जनता फर्र्मास्यूटिकल्स प्राली आफ्नो स्थापनाको २७ औं बर्षमा प्रवश गरेको छ । आइतवार कम्पनीको २६औं बर्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक हरिभक्त शर्माले कुशल व्यवस्थापकिय नीति अवलम्वन गर्दै नेपालमा उच्च स्तरीय औषधी उत्पादन गर्न सक्ने कम्पनीको रुपमा चिनिन पाएकोमा खुशी लागेको बताए ।
नेपाली औषधी उत्पादक कम्पनीले राष्ट्रिय मागको ४५ प्रतिशत औषधी उत्पादन गरिरहेको कार्यकारी निर्देशक शर्माले जानकारी दिए ।
नेपालमा लगानीको उचित वातावरण नभएकोले लगानकर्ताहरु अलमलिएको बताए । सो अवसरमा उनले नेपालमा लगानी गर्न चाहने स्वदेशी वा विदेशी उद्यमीहरुले आफ्नो लगानीलाई थप गर्नुको सट्टा पर्ख र हेरको अवस्थामा रहेको भन्दै सरकारले लगानीको वातावरण सृजना गुर्नपर्ने बताए ।
त्यस्तै नेपालमा औषधिको आयात कम गर्न नेपाली उद्योगहरुबाट मात्र स्वास्थ्य प्रतिशपर्धा गराई औषधिको खरिद गर्ने वा खरीद गर्न लगाएमा यस क्षेत्रको औद्योगिक प्रर्वद्धनको लागि गरिएको लगानीले प्रोत्साहन पाउने जानकारी दिए ।
नेपाली उद्योगले उत्पादन गरी आत्मनिर्भर हुन सक्ने करीव २ सय मोलिक्यूलको औषधिहरु आयातमा प्रतिवन्ध लगाउन सरकारले सक्ने हो भने सम्भावना रहको बताए । साथै यसमा सरकारको ध्यान जानुपर्ने जानकारी दिए ।
कम्पनीले हाल आफ्ना ३ सय प्रकारका उत्पादन नेपाली बजारमा विक्री गरिरहेको छ । कम्पनीले ४ सय १५ जनालाई रोजगारी दिदै आएको छ ।