Logo

१३ लाख ६२ हजार कित्ता एफपीओ जारी गर्दै शिखर इन्स्योरेन्स, प्रस्तावित मूल्य १६२०

१३ लाख ६२ हजार कित्ता एफपीओ जारी गर्दै शिखर इन्स्योरेन्स, प्रस्तावित मूल्य १६२०


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख ६२ हजार ७ सय ८१ कित्ता फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीको विहीबार बसेको बैंक सञ्चालक समिति बैंठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ हजार ५ सय २० रुपैयाँ प्रिमियम थप गरि एफपीओ जारी गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १ हजार ६ सय २० रुपैयाँमा एफपीओ निष्काशन छ । कम्पनीको उक्त निर्णय नेपाल स्टक एक्स्चेञ्जमार्फत सार्वजनिक गरिएको छ ।

एफपीओ जारीसँगै कम्पनीमा सर्बसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुग्नेछ । तर, हाल कम्पनीले प्रस्ताव गरेको मूल्यमा धितोपत्र बोर्डले स्वीकृत प्रदान गर्नुपर्ने हुन्छ । बजारमा कम्पनीको सेयर प्रतिकित्ता १ हजार ९ सय ९० रुपैयाँमा कारोवार भइरहँदा एफपीओ मूल्य सोभन्दा ३ सय ३० रुपैयाँ कम मात्र प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्