Logo

तरलता सम्बोधन गर्न बोर्डको नयाँ ब्यवस्था, सेयर आवेदनबाट उठेको रकम राष्ट्र बैंक राख्न नपर्ने

तरलता सम्बोधन गर्न बोर्डको नयाँ ब्यवस्था, सेयर आवेदनबाट उठेको रकम राष्ट्र बैंक राख्न नपर्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बजारमा देखिएको तरलता समस्या समाधान गर्न नयाँ व्यवस्था गरेको छ । बजारमा दैनि रुपमा तरलता अभाव बढ्दै गएपछि बोर्डले नयाँ व्यवस्था लागू गरेको हो

बोर्डले लागू गरेको नयाँ व्यवस्था अनुसार आगामी दिनमा धितोपत्र निष्काशन गर्दा बैंकमा जम्मा भएको रकम अब राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने ब्यवस्था खारेज गरेको छ । धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २२ को उपदफा (४) मा ‘धितोपत्र निष्काशन गर्दा निष्काशन बैंकमा जम्मा भएको रकम धितोपत्र बिक्री बन्द भएको छ कार्यदिन भित्र नेपाल राष्ट्र बैंकमा खाता खोली कम्तिमा छ कार्यदिनको लागि जम्मा गर्नुपर्नेछ । यसरी नेपाल राष्ट्र बैंकमा खाता खोली जम्मा गरिएको रकम बोर्डको अनुमति लिएर मात्र झिक्नुपर्ने थियो ।

सो व्यवस्थाले गर्दा बजारमा तरलतामा प्रभाव पार्न सक्ने भन्दै अवका दिनमा बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक महिनाको आफ्नो वित्तीय अवस्था बारे नेपाल राष्ट्र बैंकमा विवरण पेश गर्नुपर्ने व्यवस्था बमोजिम गरिरहेको र सार्वजनिक निष्काशनमा बोर्डले आस्वा प्रणाली लागू गरिसकेकाले सो व्यवस्था खारेज गरेको हो ।

नयाँ ब्यवस्थासँगै निष्काशनकर्ता संगठित संस्था र निष्काशन तथा विक्री प्रबन्धकहरुले झन्झटिलो महशुस गरिएको व्यवस्थामा सहजिकरण हुनुको साथै बेला बेला बजारमा देखीने तरलता सम्बन्धी समस्या कम हुने बोर्डको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL