Logo

प्रतितोला ३ सयले घट्दै ५५ हजारमा ओर्लियो सुन, चाँदीमा पनि सामान्य गिरावट

प्रतितोला ३ सयले घट्दै ५५ हजारमा ओर्लियो सुन, चाँदीमा पनि सामान्य गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा विहीबार पनि सुनको मूल्य ओरालो लागेको छ । केही समयता बढिरहेको सुन हिजोबाट घट्न शुरु गरेको हो ।

बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । विहीबार सुनको मूल्य घट्दै प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । विहीबार चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै ७ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्