Logo

व्रोकरलाई शाखा विस्तार गर्न दिने नेप्सेको निर्णय, नेटवर्थ कम्तिमा १ करोड पुर्याउनुपर्ने

व्रोकरलाई शाखा विस्तार गर्न दिने नेप्सेको निर्णय, नेटवर्थ कम्तिमा १ करोड पुर्याउनुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) ले धितोपत्र दलालहरुको शाखा बिस्तार गर्न दिने भएको छ । रिमोट वर्क स्टेसन स्थापनाका सम्बन्धमा नेप्से संचालक समितिको हालै बसेको बैठकले नेप्से ब्यबस्थापनलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । नेप्सेले यस अघिनै शाखा विस्तार गर्ने सम्बन्धमा प्रक्रिया अघि बढाएको थियो ।

समितिको सो निर्देशन अनुसार धितोपत्र दलाल व्यवसायीहरुलाई रिमोट वर्क स्टेशन विस्तारका सम्वन्धमा व्यवसायीको पूँजी,आवश्यक पूर्वाधार, जनशक्ति,राफसाफलगायत कार्य व्यवस्थपन सम्वन्धी व्यहोरा बोर्डलाई जानकारी गराएको छ ।

हाल ५० ब्रोकर मध्ये ४१ ब्रोकर उपत्यका बाहिर जान राजी भएका छन् । नेप्सेले रिमोट वर्क स्टेसन स्थापनाका हाललाई शाखा बिस्तार गर्न चाहने दलालले कम्तिमा १ करोड नेटवर्थ पुर्याउनु पर्ने सर्त राखेको छ । २०७४ असार मसान्त भित्र २करोड चुक्ता पूँजी पर्याउनुपर्ने सर्त अगाडी सरेको छ ।

‘त्यस्तै रिमोट वर्क स्टेसन स्थापना गर्न चाहने दलालले कम्तिमा पावर ब्याकअप भएको ३ थान कम्प्युटर ,४ सय वर्गफिटको कार्यालय , कारोबार कक्ष र डिस्प्ले हल छुट्टा छुट्टै ब्यवस्था गर्नुपर्ने शर्त राखेको छ।

प्रतिक्रिया दिनुहोस्