Logo

प्रतितोला ४ सयले ओरालो लाग्यो सुन, चाँदीमा पनि गिरावट

प्रतितोला ४ सयले ओरालो लाग्यो सुन, चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलवारसम्म उकालो लागेको सुनको मूल्य आज भने ओरालो लागेको छ । बुधवार स्थानीय बजारमा सुनको भाउ तोलाको ५५ हजार ३ सयमा झरेको छ ।

मंगलवार सुन तोलाको ५५ हजार ७ सयमा कारोवार भएको थियो ।

त्यस्तै केही समय स्थिर रहेको चाँदीको भाउ पनि ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज सुनको भाउ तोलाको ७ सय ९५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्