काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १५ अंकले घट्दै २६ सय ३१ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय ११ कम्पनीका १ करोड ८४ लाख ९१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ८८ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ५७ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । म्युचुअल फण्ड र ब्यापारबाहेकका सबै समुहको उपसुचकहरु घटेका छन् ।