काठमाडौं । तिसा जेवेल्सले तिसा गोल्ड तथा बिइङ्ग ह्युमन ज्वेलरी नेपाली बजारमा ल्याएको छ । कम्पनीले एक कार्यक्रमबीच उक्त ब्रान्डका सुन तथा हिराका गहनाको शुभारम्भ गरिएको हो ।
केहिवर्ष अघि स्थापना भएको तिसा जेवेल्सले देशभर ५० भन्दा बढी ठाउँमा वितरण संजाल पुर्याउनुका साथै परम्परागत तरिकाले चलिरहेको नेपाली गहना बजारलाई पृथक र व्यवस्थित तरिकाले अगाडी बढाउने प्रयास गरिरहेको कम्पनीले जानकारी दिएको छ । तिसाले बजारमा हिरा सम्बन्धी ज्ञान र यसमा भएका विशेषताहरुको वारेमा अन्तरारष्ट्रिय स्तरको डिजाइन उपलब्ध गराउने दावी गरेको छ ।
नेपालकै सबैभन्दा धेरै डीलर, डिस्टिव्युटर भएको यस कम्पनीले आफ्नो मात्र नभएर सम्पूर्ण डीलर, डिस्टिव्युटरको बजार व्यवस्थापनमा सहयोग गर्दै उनीहरुलाई विभिन्न मार्र्केिटङ सहयोग र सुझाव, सल्लाह उपलब्ध गराउदै आएको दावी गरेको छ ।
अहिलेको बजारको माग र ग्राहकहरुको रुचिको ख्याल गर्दै युरोपियन डिजाइनका गहनाहरु स्वचालित प्रविधिबाट उत्पादन गरी नेपाली बजारको मागलाई पूरा गर्दै अन्तरराष्ट्रिय बजारमा समेत नेपाली गहनाको पहुँच विस्तार गर्न तिसा सफल हुने कम्पनीको विश्वास रहेको छ ।