Logo

तिव्र उत्तारचढावसहित २ अंकले बढेर बन्द भयो बजार, कारोबार पौने ८ अर्ब बढी

तिव्र उत्तारचढावसहित २ अंकले बढेर बन्द भयो बजार, कारोबार पौने ८ अर्ब बढी



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक तिव्र उत्तारचढावसहित सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.०७ अंकले बढ्दै २६ सय ५८ को विन्दुमा उक्लेर बन्द भएको हो ।

आज कुल ३ सय ८ कम्पनीका १ करोड ९७ लाख ५४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ८७ करोड ९३ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ६१ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा जम्मा ८३ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । आज जलविद्युत, लगानी, म्युचुअल फण्ड र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

आज नेपाल माइक्रो र क्रेस्ट माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्