काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ७ अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ७.७५ अंकले घट्दै २६ सय ९८ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय १९ कम्पनीका २ करोड १२ लाख ३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ७७ करोड ५७ लाख नाघेको छ । आईतबार कारोबार रकम ८ अर्ब ४३ करोड रुपैयाँ बराबर भएको थियो ।
आज कारोबारमा आएकामध्ये १ सय ३३ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा जम्मा १ सय १२ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ । आज ५ समुहको परिसुचक ओरालो लाग्दा बाँकी ८ समुहको परिसुचकमा वृद्धि देखिएको छ ।