काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई–२९ लाई काठमाडौंको स्काइवाक टावर, कमलादीमा सार्वजनिक गरेको छ । एक समारोहमा प्रमुख मिडियाहरू र प्रभावशाली व्यक्तिहरूको उपस्थितिमा कम्पनीले उक्त फोन नेपालका लागि आधिकारिक रूपमा सार्वजनिक गरेको हो। यो फोनको मुख्य आकर्षण यसको ६५०० एमएएच क्षमताको ब्याट्री हो, जुन भिभोको ब्लु वल्ट टेक्नोलोजीले सुसज्जित छ र लामो समयसम्म सहज प्रयोग सुनिश्चित गर्छ। ४४ वाट फ्ल्यास चार्ज, ४८०० एमएएच सम्मको रिभर्स चार्जिङ, र इमरजेन्सी पावर सेभिङ मोडले १५ ब्याट्रीमा पनि आवश्यक सम्पर्क कायम राख्न सक्षम बनाउँछ। साथै, ५ वर्षको ब्याट्री ग्यारेन्टीले प्रयोगकर्तालाई दीर्घकालीन सन्तुष्टि प्रदान गर्छ।
डिजाइनमा थ्रीडी कभ्र्ड ब्याकप्लेट र मेटालिक हाई–ग्लस फ्रेमले स्टाइल र सजिलो पकड दुबै दिन्छ। नोबल ब्राउन र एलिगन्ट ह्वाइट रंगमा उपलब्ध यो फोनमा डायनामिक लाइटसहितको आकर्षक क्यामेरा मोड्युल छ, जसले फोटो र भिडियो अनुभवलाई उत्कृष्ट बनाउँछ। शट अल्फा ग्लासले फोनलाई ड्रप, डस्ट र स्प्ल्यास प्रूफ बनाउँछ, जुन बाइक यात्रा, समुद्र किनार वा आकस्मिक पानी पोखिँदा पनि सुरक्षित रहन्छ।
८ं८ जिबी विस्तारित र्याम र २५६ जिबी स्टोरेजले झन्झटरहित मल्टिटास्किंग सुनिश्चित गर्छ। १२० हर्ट्ज रिफ्रेश रेट, १००० निट्स ब्राइटनेस, टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४०० प्रतिशत अडियो बुस्टसहितको डुअल स्टीरियो स्पिकरले मनोरञ्जनलाई जीवन्त बनाउँछ।
फोटोग्राफीका लागि ५० एमपी एचडी मुख्य क्यामेरा, एआई–ईरेज र एआई–फोटो ईनह्यान्समेन्टजस्ता स्मार्ट टुल्सले सम्पादनलाई सहज बनाउँछ। एआई–सुपर लिंक, सर्कल टु सर्च र स्क्रिन ट्रान्सलेसनजस्ता फिचरहरूले दैनिक प्रयोगलाई प्रभावकारी बनाउँछ। भिभो वाई–२९ नेपालभरिका रिटेल स्टोरहरू र दराज अनलाइनमा २४ हजार ९ सय ९९ को प्रारम्भिक मूल्यमा उपलब्ध छ। सशक्त ब्याट्री, मजबुत बनावट र स्मार्ट फिचरहरूसहित यो स्मार्टफोनले प्रदर्शन, सौन्दर्य र दीर्घकालीन प्रयोगको आदर्श संयोजन प्रदान गर्छ।