काठमाडौं । सेयरबजारमा प्राथमिक सेयर (आइपीओ) निष्कासनको तयारीमा रहेका चार कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति मागेका छन्। अनुमति माग्ने कम्पनीहरूमा दुई होटल, एक हेलिकप्टर सेवा प्रदायक र एक हाइड्रोपावर कम्पनी छन्।
वरनावास म्युजियम होटल
यो होटलले कुल ३९ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३९ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ। यसको आइपीओ बिक्री व्यवस्थापन हिमालयन क्यापिटलले गर्नेछ।
माउन्टेन ग्लोरी होटल
यस होटलले ४० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउनेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता सेयर निष्कासनको लागि अनुमति मागेको छ। बिक्री प्रबन्धकको जिम्मा लक्ष्मी सनराइज क्यापिटलले पाएको छ।
प्रभु हेलिकप्टर
हवाई सेवा प्रदायक प्रभु हेलिकोप्टरले ६१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने तयारीमा छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६१ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ। यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हुनेछ।
म्याग्दी हाइड्रोपावर
ऊर्जा क्षेत्रमा सक्रिय म्याग्दी हाइड्रोपावरले ४७ करोड ४५ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४७ लाख ४५ हजार कित्ता सेयर निष्कासनको तयारी गरेको हो। यसको आइपीओ बिक्री व्यवस्थापन एनएमबि क्यापिटलले गर्नेछ। धितोपत्र बोर्डको स्वीकृति पाएपछि यी सबै कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने छन्।