काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २८.९७ अंकले बढ्दै २७ सय २५ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कुल ३ सय ११ कम्पनीका २ करोड ३७ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये आज लगानी समुहको परिसुचक भने सबैभन्दा बढी ३ प्रतिशतले उकालो लाग्दा बैंकिङ समुहको परिसुचकमा १.२६ प्रतिशतको वृद्धि देखिएको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ८७ कम्पनीको सेयरमूल्य बढ्दा ५९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज हिमालयन पावर पार्टनरको सबैभन्दा बढी अर्थात १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।