Logo

गाडी उत्पादक र इम्पोटर्सले खोले छुट्टै संस्था, नाइमाको नामबाट संचालन

गाडी उत्पादक र इम्पोटर्सले खोले छुट्टै संस्था, नाइमाको नामबाट संचालन



काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को औपचारिक स्थापना भएको छ। वैद्य अर्गनाइजेशनकी रितु सिंह वैद्यको अध्यक्षतामा बुधबार संस्थाको घोषणा गरिएको हो।

नाइमाको बोर्ड सदस्यहरूमा सुहृद राज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काबरा रहेका छन्।

संस्थाले बुधबार नै आफ्नो दृष्टिकोण, प्रमुख कार्यक्षेत्रहरू, मध्यकालीन तथा दीर्घकालीन योजनाहरू र मोबिलिटी सशक्तीकरणका लागि प्रस्तावित हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गरेको छ। नाइमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माताहरूको प्रतिनिधित्व गर्दै मोबिलिटी सशक्तीकरणको पक्षमा वकालत गर्ने उद्देश्यले स्थापना भएको अध्यक्ष बैद्यले बताइन् ।

नाइमाले आगामी साउन २१ गतेदेखि नेपाल मोबिलिटी शो पनि आयोजना गर्ने घोषणा गरेको छ । नाइमाले यसअघि नाडाले अटो शो गर्दै आएको भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी शो २०२५’ आयोजना गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्