काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९.७५ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उत्तारचढाव भईरहेको नेप्से अन्तिममा एकल अंकले बढ्दै २६ सय ९८ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कुल ३ सय २९ कम्पनीका १ करोड ६६ लाख ११ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक ओरालो लाग्दा बाँकी ८ समुहको परिसुचक भने उकालो लागेका छन् । आज कारोबारमा आएकामध्ये १ सय ४७ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिँदा ९७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।