Logo

प्रतितोला ३ सयले घट्यो सुन, चाँदीमा भने १५ रुपैयाँ बढ्यो

प्रतितोला ३ सयले घट्यो सुन, चाँदीमा भने १५ रुपैयाँ बढ्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केही समययता लगातार उकालो लागेको सुनको मूल्यमा आज गिरावट आएको छ । बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

विहीबार सुनको मूल्यमा गिरावट आई प्रतितोला ५२ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अघिल्ला दिनमा आरालो लागेको चाँदी मूल्य विहीबार भने बढेको छ । बजारमा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर ७ सय ९५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्