काठमाडौं । नयाँ बर्ष २०८२ सुरु भएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह छाएको छ । पछिल्लो समय झिनो अंकमा रुमल्लिरहको नेप्से परिसुचक नयाँ बर्ष सुरु भएसँगै मंगलबार २६.५५ अंकले बढ्दै २६ सय ८८ को विन्दुमा पुगेर रोकिएको हो ।
मंगलबार कुल ३ सय २० कम्पनीका २ करोड १८ लाख ४१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ५४ करोड ४३ लाख माथि पुगेको छ ।
आज कारोबारमा आएका समुहमध्ये २ बाहेक सबै समुहको परिसुचक उकालो लागेका छन् । आज व्यापार समुहको परिसुचक ओरालो लागेको छ भने म्युचुअल फण्ड समुहको परिसुचक स्थिर रहेको नेप्सेले जानकारी दिएको छ ।
यससँगै आज २ सय १२ कम्पनीको सेयरमुल्य उकालो लाग्दा ३४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज बलेफी हाइड्रोपावर एक्लैको २ अर्ब माथिको सेयर कारोबार भएको देखिन्छ ।